Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

भोटेकोशी बाढी ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

भोटेकोशी बाढी ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?
बाढीले क्षति नुवाकोट, ११ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोटको त्रिशुली देवीघाट बजार। तस्बिर: हेमन्त जोशी/रासस
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्दार गरिएको छ ।

यस्तै, देशको नाम नखुलेका तीन जनाको समेत उद्दार गरिएको छ । निमित्त सिईओ ऐरले अन्य हराएका पर्यटकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिए । यसबाहेक ट्रेकिङ कम्पनी, गाईड र सुरक्षा निकायले प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि प्रयास गरिरहेका छन् ।

पर्यटन बोर्डले हराइरहेका व्यक्तिको विवरण सङ्कलन र प्रमाणीकरणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको र सूचनाहरू अध्यावधिक गरिरहेको जनाएको छ ।

नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit