काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५४७ पुगेको छ । नेपाल प्रहरीले भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै हालसम्म ५४७ शव फेला परेको जनाएको छ ।
फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१ वटा छन् । यस्तै, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ वटा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ । सम्पर्कविहीन २७ जना प्रहरी कर्मचारी मध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परिसकेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ५७२, नुवाकोटका ८९८ र धादिङका तीन जना छन् । त्यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९४ रहेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा शव व्यवस्थापनको काम जारी छ ।
















प्रतिक्रिया दिनुहोस्