Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाले व्यक्तिगत रुपमा एक करोड ९ लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाले व्यक्तिगत रुपमा एक करोड ९ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो।

विज्ञापन
Advertisement
Advertisement

व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया छिन् ।राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएका सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझाइन् ।

सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे । राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेकी छन् ।

अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनका सहयोगी बस्नेतले जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit