Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

त्रिशूली–३ ‘ए’का महत्वपूर्ण उपकरण निकाल्न हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ परिचालन गरिँदै

त्रिशूली–३ ‘ए’का महत्वपूर्ण उपकरण निकाल्न हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ परिचालन गरिँदै
विज्ञापन
Advertisement

काठमाडौं । बाढी र पहिरोका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट महत्वपूर्ण विद्युतीय उपकरण सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री कार्यालयका अनुसार पहिरो र माटोले पुरिएको आयोजनाको टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्स सुरक्षित रूपमा निकाल्न विशेष टोली परिचालन गर्न लागिएको हो। बाढीका कारण आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य सरकारले शनिबार रातभर निरन्तर सञ्चालन गरेको थियो। तर, आइतबार बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

‘आज बिहान करिब ४ बजे आयोजना स्थलमा पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ’, प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको छ। तर पनि सरकारले पुनः पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको छ।’

नदीको जलसतह अत्यधिक बढेपछि आयोजना क्षेत्रको किनारमा तीव्र कटानसमेत सुरु भएको छ। जोखिम बढे पनि सरकारले आयोजना क्षेत्रको समग्र क्षति र वर्तमान अवस्थाको अवलोकन गर्दै माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण परिचालन गर्ने तयारी गरेको जनाइएको छ। सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवनसम्म स्थलमार्गबाट पुग्न कठिन भएपछि हेलिकप्टरमार्फत टोलीलाई भवन नजिकै उतारेर महत्वपूर्ण उपकरण निकाल्ने तयारी गरिएको हो। सरकारले उद्धार तथा क्षति न्यूनीकरणका लागि आयोजनाको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit