Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

भोटेकोशी बाढीमा मुक्तिनाथ विकास बैंककी कर्मचारी सुन्दरी श्रेष्ठको निधन

भोटेकोशी बाढीमा मुक्तिनाथ विकास बैंककी कर्मचारी सुन्दरी श्रेष्ठको निधन
विज्ञापन
Advertisement

काठमाडौं। मुक्तिनाथ विकास बैंकको माछापोखरी शाखामा कार्यरत कर्मचारी सुन्दरी श्रेष्ठको भोटेकोशीमा आएको बाढीमा परी निधन भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका अनुसार श्रेष्ठको जन्म २०४१ साल फागुन २२ गते भएको थियो। उनी भदौ १० गते गोसाइँकुण्ड जाने क्रममा भोटेकोशी नदीमा अचानक आएको बाढीमा परेकी थिइन्। बाढीमा परी उनको असामयिक निधन भएको बैंकले जनाएको छ।

श्रेष्ठको निधनको खबरले मुक्तिनाथ विकास बैंक परिवारलाई मर्माहत बनाएको बैंकले जनाएको छ। बैंक परिवारले दिवंगत श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

साथै बैंकले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा परिवारप्रति गहिरो सहानुभूति प्रकट गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit