Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

८ घण्टाको प्रयासपछि बाढीले डुबाएको बैंकबाट करिब ५० करोडको सुन र डेढ करोड नगद निकालियो

८ घण्टाको प्रयासपछि बाढीले डुबाएको बैंकबाट करिब ५० करोडको सुन र डेढ करोड नगद निकालियो
विज्ञापन
Advertisement

काठमाडौं। रसुवा बाढीबाट क्षतिग्रस्त नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको ढुंगे शाखाबाट नेपाल प्रहरीले ठूलो परिमाणमा नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित निकालेको छ।

विज्ञापन
Advertisement
Advertisement

भदौ १० गते आएको विनाशकारी बाढीका कारण आफ्नै भवनमा सञ्चालित बैंकको ढुंगे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। आइतबार प्रहरीले शाखाभित्र रहेको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित रूपमा बाहिर निकालेको हो।

बाढीपछि शाखामा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। शाखामा रहेका ६४ वटा लकरसमेत बाढीले बगाएको वा क्षतिग्रस्त भएको अनुमान गरिएको थियो। बैंकका अनुसार बाढी आउनुअघि एटीएममा ५ लाख ६५ हजार रुपैयाँ, भल्टमा १ करोड ७१ लाख २१ हजार रुपैयाँ तथा क्यास काउन्टरमा ४२ लाख रुपैयाँ नगद रहेको थियो। प्रहरीले शाखाको भग्नावशेषबाट उक्त नगदसहित सुन र महत्वपूर्ण कागजात सुरक्षित निकालेको जनाइएको छ।
प्रहरीले उक्त नगदसहित सुन निकाल्न निरन्तर आठ घण्टासम्म एस्काभेटरसहित खोजतलास गरेको जनाएको छ।

यसैगरी, रसुवा र नुवाकोटका विभिन्न स्थानमा सञ्चालित वाणिज्य बैंकका शाखाहरूमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण ११ वटा वाणिज्य बैंकका १६ वटा शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। बाढीपछि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सुरक्षा गार्डसमेत बेपत्ता भएका छन्। विभिन्न बैंकमा कार्यरत २७ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको बैंकहरूले जनाएका छन् ।

यस्तै, काठमाडौं हुँदै गोसाइँकुण्ड भ्रमणमा गएका मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी तथा लघुवित्त संस्थामा कार्यरत थप ६ कर्मचारीसमेत बाढीपछि सम्पर्कमा नआएको जनाइएको छ । यससँगै बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत सम्पर्कविहीन कर्मचारीको संख्या ३१ पुगेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit