Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स, विदेश जान ४२ हजार ६ सय बढीले लिए श्रम स्वीकृति

साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स, विदेश जान ४२ हजार ६ सय बढीले लिए श्रम स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भने समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड डलर पुगेको छ । अघिल्लो वर्षको साउनमा डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, वैदेशिक रोजगारीका लागि साउनमा ४२ हजार ६ सय ९३ नेपालीले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २७ हजार ७ सय ४८ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४४ हजार ४ सय ६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ थियो ।

विप्रेषण आप्रवाह र खुद द्वितीय आयमा भएको वृद्धिले चालु आर्थिक वर्षको सुरुवातमै नेपालको बाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा सकारात्मक प्रभाव परेको देखिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit