काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशुली पुगेका छन्।
सोमबार बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र ऊद्वार कार्यको अपडेट लिन मन्त्री नुवाकोट पुगेको उनको निजी सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै बाढीले निम्त्याएको क्षतिलगायत पुनस्थापनाको सन्दर्भमा छलफल थालेको बताइएको छ।
गृहमन्त्री गुरूङ पनि सैन्य तालिम केन्द्रमै बसेर उद्वारको लागि समन्वय गरिरहेका छन् । जलविद्युत् आयोजनाको सुरूङको उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन् ।
मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोटमा छन्। ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत् आयोजनाको उद्वार स्थलको निरीक्षणमा जाने तथा पीडितका परिवारसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्