काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त प्रवक्ता, कोषाध्यक्ष र सहमहामन्त्रीले शपथ ग्रहण गरेका छन् ।
बिहीबार बसेको पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा नवनियुक्त प्रवक्ता जगदीश खरेल, कोषाध्यक्ष डा. मनोहर प्रधान र सहमहामन्त्री पुरुषोत्तम यादवले शपथ लिएका हुन् ।
उनीहरूलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

रास्वपाले गत भदौ ५ गते खरेललाई प्रवक्ता, प्रधानलाई कोषाध्यक्ष र यादवलाई सहमहामन्त्रीको जिम्मेवारीमा मनोनीत गरेको थियो । शपथसँगै उनीहरूले औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हालेका छन् ।















प्रतिक्रिया दिनुहोस्