काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन सम्वाद भएको छ।
टेलिफोन कुराकानीका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीपछि नेपाललाई आवश्यक थप सहयाृग गर्न अमेरिका तयार रहेको बताए। ‘विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग आवश्यक परेमा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका तयार रहेको बताउनुभयो,’ रास्वपाले आफ्नो एक्स ह्याण्डलमा उल्लेख गरेको छ।
यसैगरी, भोटेकोशी बाढीमा भएको मानवीय क्षतिप्रति रुबियोले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । उनले नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता समेत व्यक्त गरेको रास्वपाले जनाएको छ। कुराकानीमा सभापति लामिछानेले नेपाल सरकारले जारी खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए।
लामिछानेले नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति पनि नेपाल सरकार समान रूपमा प्रतिबद्ध रहेको विदेशमन्त्री रुबियोलाई बताउँदै यस कठिन परिस्थितिमा अमेरिकी सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् । जवाफमा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग आवश्यक परेमा उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका हुन् ।















प्रतिक्रिया दिनुहोस्