Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको घोषणा, २३ गते सार्वजनिक बिदा

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको घोषणा, २३ गते सार्वजनिक बिदा
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ १० गते आएको विनाशकारी बाढीमा परि मृत्युवरण गरेका नागरिकको १३औं दिन पारेर सम्मान स्वरुप भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । ‘उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास नियोगहरुमा राखिएको झण्डा आधा झुकाउने निर्णय भएको छ,’ सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले भने ।

यसैगरी, अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको सम्झनामा सरकारले भदौ २३ गतेका दिन जेनजी शहीद दिवस मनाउने निर्णय पनि गरेको छ। उक्त अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit