Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए

सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए
विज्ञापन
Advertisement

काठमाडौं । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको जनाएको छ । बढ्दो बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका मुख्य ५२ ढोका र नहरका ४ गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव खतराको तहमा पुग्न थालेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ । प्रहरीले सप्तकोशी नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नदीको जलसतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ । जोखिमयुक्त तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन तथा नदी किनारका गतिविधि नगर्न समेत अनुरोध गरिएको छ । लगातारको वर्षासँगै सप्तकोशीको बहाव अझ बढ्न सक्ने भएकाले सम्बन्धित निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit