काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आयोजित जेनजी सहिद स्मृति दिवस कार्यक्रममा पुगेका पवन खड्कालाई प्रहरीले कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको छ।
आफू जेनजी आन्दोलनका घाइते भएको बताउँदै खड्काले स्मृति कार्यक्रममा सरकारले केही नगरेको र आफूले बोल्न पाउनुपर्ने माग गरेका थिए। उनले बोल्न पाउनुपर्ने माग गरेपछि कार्यक्रममा सहभागी जेनजीको एक समूहले उनीमाथि दुर्व्यवहार गर्न थालेको र त्यसपछि प्रहरीले खड्कालाई कार्यक्रमस्थलबाट बाहिर निकाल्दै नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई कार्यक्रमस्थलबाट बाहिर निकाल्दै गर्दा खड्काले आफू पनि जेनजी आन्दोलनको घाइते भएको भन्दै कार्यक्रममा बोल्न पाउनुपर्ने बताएका थिए। ‘म पनि जेनजी आन्दोलनको एक घाइते हो, बोल्न पाउनुपर्छ,’ प्रहरीले बाहिर निकाल्दै गर्दा खड्काले भनेका छन्।
सोही क्रममा कार्यक्रमका प्रस्तोताले मञ्चबाटै कार्यक्रममा ‘अराजक तत्व’ प्रवेश गरेको र कार्यक्रम बिथोल्न खोजिएको आरोप लगाएका थिए।नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा जेनजी आन्दोलनका सहिद तथा घाइतेहरूका परिवार, सरकारका मन्त्री, सांसदलगायतको सहभागिता रहेको छ ।















प्रतिक्रिया दिनुहोस्