Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

युरो एनक्यापमा ५ स्टार पाएको आयोन युटी नेपाल भित्रिँदै

युरो एनक्यापमा ५ स्टार पाएको आयोन युटी नेपाल भित्रिँदै
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा आयोन ब्रान्डका विद्युतीय गाडी बिक्री गर्दै आएको सीजी मोटर्सले नेपाली बजारको लाइनअप विस्तार गर्ने तयारी गरेको छ । कम्पनीले आयोन वाई र आयोन भीपछि नयाँ इलेक्ट्रिक ह्याचब्याक आयोन युटी नेपाल ल्याउने तयारी गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आयोन युटी हालै युरोपियन न्यू कार एसेसमेन्ट प्रोग्राम (युरो एनक्याप) को क्र्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ हासिल गरेपछि चर्चामा आएको छ। सेप्टेम्बर ३ मा सार्वजनिक गरिएको परीक्षण प्रतिवेदनअनुसार युटीले वयस्क यात्रु सुरक्षामा ९१ प्रतिशत, बाल यात्रु सुरक्षामा ८८ प्रतिशत, जोखिममा रहेका सडक प्रयोगकर्ताको सुरक्षामा ७४ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ६६ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ ।

युरोपेली बजारका कडा सुरक्षा मापदण्डअनुसार गरिएको परीक्षणमा उत्कृष्ट नतिजा हासिल गरेसँगै आयोन युटीलाई सुरक्षित इलेक्ट्रिक ह्याचब्याकका रूपमा हेरिएको छ । आयोन भीमा प्रयोग भएको एईपी ३.० प्लेटफर्ममै आधारित युटीको लम्बाइ ४,२७० मिलिमिटर, चौडाइ १,८५० मिलिमिटर र उचाइ १,५७५ मिलिमिटर रहेको छ । २,७५० मिलिमिटर लामो ह्वीलबेसका कारण कम्प्याक्ट ह्याचब्याक डिजाइन भए पनि यसले तुलनात्मक रूपमा फराकिलो केबिन स्पेस प्रदान गर्ने कम्पनीको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा आयोन युटी एलएफपी ‘म्यागजिन ब्याट्री’ प्रविधिसहित उपलब्ध छ । यसको भेरियन्टअनुसार एकपटकको चार्जमा ३३५ देखि ४३० किलोमिटर (डब्ल्यूएलटीपी) सम्मको रेन्ज दिने बताइएको छ ।

सीजी मोटर्सले नेपालमा कुन भेरियन्ट ल्याउने, त्यसमा कति क्षमताको ब्याट्री रहने, रेन्ज कति हुने तथा मूल्य कति निर्धारण गरिने भन्ने विषयमा भने विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन । कम्पनीले यी विवरण आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ ।आयोन युटी नेपाल आएपछि नेपाली विद्युतीय ह्याचब्याक बजारमा नयाँ विकल्प थपिने अपेक्षा भने गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit