काठमाडौं। टीभीएस मोटर कम्पनी र नेपालका लागि आधिकारिक साझेदार जगदम्बा मोटर्सले नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएका छन्। काठमाडौंमा स्थापना गरिएको उक्त शोरुमको उद्घाटनसँगै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको छ।
नोभेम्बर २० मा आयोजित एक विशेष समारोहबीच टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका हुन्। शोरुम उद्घाटन समारोहलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै टीभीएस मोटर कम्पनीले बाढी प्रभावित क्षेत्रका विभिन्न सरकारी तथा सामुदायिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।
कम्पनीले नुवाकोट र रसुवा जिल्लाका प्रहरी कार्यालय, कारागार, स्थानीय तह, सरकारी विद्यालय तथा अस्पताललगायतका संस्थालाई मोटरसाइकल उपलब्ध गराएको हो। यसबाट विपद् प्रभावित क्षेत्रमा सेवा प्रवाह, आवागमन तथा पुनःस्थापनाका काममा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।















प्रतिक्रिया दिनुहोस्