काठमाडौं। टीभीएसले नेपाली बजारमा आफ्नो लोकप्रिय अपाचे सिरिजअन्तर्गत नयाँ मोटरसाइकल अपाचे आरटीआर २०० ४भी यूएसडी सार्वजनिक गरेको छ।
टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रा.लि.ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रम आयोजना गर्दै नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। कार्यक्रममा टीभीएस मोटर कम्पनीकी एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकल अनावरण गरेका थिए।
नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीलाई आकर्षक डिजाइन, परिष्कृत इन्जिन, सहज प्रदर्शन र आधुनिक प्रविधिको संयोजनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। मोटरसाइकलमा एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्ट सुविधा भएको टीएफटी डिस्प्ले, ड्युअल च्यानल एबीएस तथा ट्र्याक्सन कन्ट्रोल सिस्टम समावेश गरिएको छ। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीका अनुसार नयाँ मोटरसाइकलको मुख्य विशेषता यसको परिष्कृत इन्जिन र सहज प्रदर्शन हो।आधुनिक सुरक्षा तथा कनेक्टिभिटी सुविधाले राइडरलाई थप सुरक्षित र प्रविधिमैत्री अनुभव प्रदान गर्ने उनको भनाइ छ।
नयाँ अपाचेमा राइडरको आवश्यकता र सडकको अवस्थाअनुसार छनोट गर्न मिल्ने तीनवटा राइड मोड उपलब्ध छन्। दैनिक आवतजावतका लागि अर्बन मोड, स्पोर्टी तथा रोमाञ्चक राइडिङ अनुभवका लागि स्पोर्ट मोड र वर्षा वा चिप्लो सडकमा राइडिङ सहज बनाउन रेन मोड राखिएको छ। रेन मोडमा ट्र्याक्सन कन्ट्रोल सिस्टमले समेत सहयोग गर्ने कम्पनीले जनाएको छ।
मोटरसाइकल ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई आकर्षक रङमा उपलब्ध हुनेछ। कम्पनीले नेपाली बजारमा यसको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। ग्राहकले नेपालभर रहेका आधिकारिक टीभीएस शोरुमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी खरिद गर्न सक्नेछन्। आधुनिक फिचर, तीनवटा राइडिङ मोड र उन्नत सुरक्षा प्रणालीसहित सार्वजनिक भएको नयाँ अपाचेले नेपाली स्पोर्टी मोटरसाइकल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने कम्पनीको अपेक्षा छ















प्रतिक्रिया दिनुहोस्