Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार
विज्ञापन
Advertisement

काठमाडौं। होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंलक्षित ‘यो दशैं, आशाको सुरुवात’अभियानअन्तर्गत सञ्चालन गरेको ‘होण्डा छ साथ साथ’ योजनाका पहिलो तीन साताका विजेताहरू सार्वजनिक गरेको छ। कम्पनीले सातै प्रदेशबाट हरेक हप्ता एक–एक जनाका दरले कुल २१ जना विजेता छनोट गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

‘सहयोगको संकल्प’ नाम दिइएको यस योजनामार्फत ग्राहकले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार जित्ने अवसर पाएका छन्। योजनाको विशेष पक्षका रूपमा विजेताले प्राप्त गर्ने पुरस्कार रकम बराबरकै थप रकम कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार पहिलो साताको लक्की ड्रमा कोशी प्रदेशबाट रामचन्द्र न्यौपानेले १० हजार, मधेस प्रदेशबाट अफजल मियाँले एक लाख, बागमती प्रदेशबाट गोकुलप्रसाद ओलीले १० हजार, गण्डकी प्रदेशबाट विज्ञान लामाले १० हजार, लुम्बिनी प्रदेशबाट कृष्णबहादुर खड्काले १० हजार, कर्णाली प्रदेशबाट पदमबहादुर शाहीले ५० हजार र सुदूरपश्चिम प्रदेशबाट आदर्श कन्स्ट्रक्सनका मदन यादवले १० हजार रुपैयाँ जितेका छन्। त्यसैगरी, दोस्रो साताको विजेतामा कोशीबाट विकासकुमार यादव, मधेसबाट सुन लामा, बागमतीबाट राजु महर्जन, गण्डकीबाट बलराम थापा, लुम्बिनीबाट पुष्पा थारु, कर्णालीबाट मानसिंह दाहाल र सुदूरपश्चिमबाट विनिता पाठक रहेका छन्। उनीहरूले क्रमशः १० हजार, १० हजार, २५ हजार, ५० हजार, १० हजार, एक लाख र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

तेस्रो साताको लक्की ड्रमा कोशीबाट आशिष राईले ५० हजार, मधेसबाट सुशीलकुमार श्रीवास्तवले १० हजार, बागमतीबाट दिशान्त विष्टले १० हजार, गण्डकीबाट मनोज घिमिरेले १० हजार, लुम्बिनीबाट दामोरबहादुर बुढाथोकीले १० हजार, कर्णालीबाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरले १० हजार र सुदूरपश्चिमबाट जुजेस्टर राणाले १० हजार रुपैयाँ जितेका छन्। कम्पनीले विजेताहरूलाई उनीहरूले प्राप्त गरेको पुरस्कार रकम हस्तान्तरण गर्नुका साथै सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। यसबाट ग्राहकलाई पुरस्कृत गर्नुका साथै विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कम्पनीको उद्देश्य रहेको छ।

यसैबीच, ग्राहकबाट प्राप्त उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै कम्पनीले योजना आगामी मंसिर १४ गते सम्म विस्तार गरेको छ। यससँगै थप ग्राहकले पनि योजनामा सहभागी भई नगद पुरस्कार जित्ने अवसर पाउने भएका छन्। स्याकार ट्रेडिङ कम्पनीले योजनाका सम्पूर्ण विजेतालाई बधाई दिँदै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकले देखाएको माया, विश्वास र निरन्तर साथप्रति आभार व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit