Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

भोटेकोशी बाढीबाट ७८३ मेगावाटका जलविद्युत् आयोजनामा क्षति, पुनर्निर्माणमा ३.९० खर्ब बढी रकम लाग्ने सरकारी अनुमान

भोटेकोशी बाढीबाट ७८३ मेगावाटका जलविद्युत् आयोजनामा क्षति, पुनर्निर्माणमा ३.९० खर्ब बढी रकम लाग्ने सरकारी अनुमान
विज्ञापन
Advertisement

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको पाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार बाढीबाट १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँचवटा सौर्य विद्युत् आयोजना प्रभावित भएका छन्। प्रतिवेदनअनुसार बाढीबाट ऊर्जा तथा ग्रिड प्रणालीमा ठूलो आर्थिक क्षति पुगेको छ । बाढीले क्षतिग्रस्त ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान र पुनर्निर्माणका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा–भोटेकोशी, २० मेगावाटको लाङटाङ खोला, २२ मेगावाटको चिलिमे, ५ मेगावाटको मैलुङ खोला, २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४।१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी र १५।६ मेगावाटको मिडल त्रिशूली गंगा रहेका छन् ।

त्यस्तै, नुवाकोट सौर्य विद्युत् आयोजनासहित अन्य सौर्य आयोजनामा समेत बाढीले क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । बाढीका कारण उल्लेखित आयोजनाका विद्युत् उत्पादन संरचना, पहुँचमार्ग, प्रसारण प्रणालीलगायतका पूर्वाधारमा क्षति पुर्‍याएको प्रतिवेदनले औंल्याएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit