Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने
विज्ञापन
Advertisement

काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सडक विभागका अनुसार गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो। यातायात सञ्चालनका लागि विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनर्स्थापनाको काम अघि बढाइरहेको छ।

निर्माणाधीन ट्रयाकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षणका क्रममा आइतबार काठमाडौँबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन सञ्चालन गरिएको थियो। त्यस्तै, चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसाधनसहित केही हलुका सवारीसाधन पनि सफलतापूर्वक पार गराइएको सडक विभागले जनाएको छ।

परीक्षण सफल भए पनि सडक स्तरोन्नति तथा सुरक्षासम्बन्धी बाँकी काम जारी रहेकाले हाल कृष्णभीर खण्डबाट नियमित यातायात सञ्चालन नगरिएको विभागले स्पष्ट पारेको छ। असोज १ गतेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेकाले त्यसअघि कृष्णभीर खण्डबाट सवारी आवागमन पूर्ण रूपमा बन्द रहने विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिएका छन्। सम्बन्धित निकायले जारी गरेका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न विभागले यात्रु तथा सरोकारवालालाई आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit