Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव,असोज २२ मा तोकियो साधारण सभा

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव,असोज २२ मा तोकियो साधारण सभा
विज्ञापन
Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आगामी असोज २२ गते गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकका अनुसार साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०८२-८३ को मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ६.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने÷गाभिने वा प्राप्ति (मर्जर तथा एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२-८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरण पारित गर्ने कार्यसूची रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८३-८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ८ देखि २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit