Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

स्टार्टअपदेखि स्केलअपसम्म व्यवसाय विस्तारमा उद्यमीलाई चेम्बर–वृहतप्रेनर्सले साथ दिने

स्टार्टअपदेखि स्केलअपसम्म व्यवसाय विस्तारमा उद्यमीलाई चेम्बर–वृहतप्रेनर्सले साथ दिने
विज्ञापन
Advertisement

काठमाडौं । नयाँ व्यवसाय सुरु गरेका तथा व्यवसाय विस्तार गर्न चाहने नेपाली उद्यमीलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी र बजारसँग जोड्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सबीच सहकार्य भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’को अवसरमा दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गर्ने औपचारिक घोषणा गरिएको हो । ‘नेपालमा व्यवसाय निर्माण : सुरुवातदेखि विस्तारसम्म’ अवधारणामा सुरु गरिएको कार्यक्रमले व्यवसाय सुरु गर्ने चरणदेखि सञ्चालनमा रहेका व्यवसायलाई व्यवस्थित र विस्तारयोग्य बनाउन सहयोग गर्ने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत उद्यमीलाई पाँच प्रमुख क्षेत्रमा सहयोग गरिनेछ । ‘एक्जिक्युसन हब’मार्फत व्यावसायिक विचारलाई कार्यान्वयनमा लैजान सहयोग गरिनेछ भने ‘एक्सपर्ट्स क्लिनिक’मार्फत कानुन, वित्त, लगानी र बजार व्यवस्थापनसम्बन्धी विशेषज्ञ परामर्श उपलब्ध गराइनेछ । त्यस्तै, उद्यमीलाई परियोजना, सम्भावित साझेदार तथा बजारका अवसरसँग जोड्न ‘अपर्चुनिटी एक्सेस सिस्टम’ विकास गरिनेछ । कानुनी फर्म, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्डिङ एजेन्सी तथा लगानी विश्लेषकलगायत सेवा प्रदायकलाई एउटै इकोसिस्टममा जोडेर उद्यमीलाई आवश्यक सेवा उपलब्ध गराउने योजना पनि छ ।

वृहतप्रेनर्सले आफूलाई परम्परागत इन्क्युबेटरभन्दा ‘अर्बान लाइफस्टाइल भेन्चर स्टुडियो’का रूपमा अघि बढाउने जनाएको छ। व्यवसायको अवधारणा स्पष्टता, संरचना र सही दिशामा केन्द्रित भएर उद्यमीलाई व्यवसाय सुरु गर्नेदेखि विस्तारसम्म सहयोग गर्ने संस्थाको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रधानले उद्यमशीलतालाई आर्थिक स्वतन्त्रता र रोजगारी सिर्जनासँग जोडेर अघि बढाउनुपर्ने बताइन् । नेपाली युवा तथा महिलालाई उद्यमशीलतामा जोड्न सके आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने उनको भनाइ छ । वृहतप्रेनर्सकी निर्देशक पूर्णिमा राजभण्डारीले व्यवसायमा सही समयमा प्राप्त हुने मार्गदर्शनले आर्थिक जोखिम घटाउन सहयोग गर्ने बताइन् । चेम्बरको देशव्यापी व्यावसायिक सञ्जाल र वृहतप्रेनर्सको प्राविधिक तथा परामर्श क्षमताबीचको सहकार्यले उद्यमीलाई व्यवसायिक अवसरसँग जोड्न सकिने उनले बताइन् ।

कार्यक्रमअन्तर्गत व्यवसायको अवस्था पहिचान गरी सुधारका क्षेत्र पत्ता लगाउन ‘बिजनेस हेल्थ चेकअप’ तथा व्यवसायको क्षमता र वृद्धि योजनामा केन्द्रित दुईदिने ‘बिजनेस ग्रोथ इन्क्युबेसन’ कार्यक्रम सञ्चालन गरिनेछ । उद्यमीको अवस्थाअनुसार ‘आइडिया फेज’, ‘ग्रोथ सिकर्स’ र ‘स्केल उद्यमी’ गरी तीन तहको सदस्यता योजना पनि बनाइएको छ । कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित नराखी देशका पाँच प्रमुख सहरमा विस्तार गर्ने तयारी गरिएको छ । ती सहरमा कम्तीमा ३०० उद्यमीलाई प्रत्यक्ष रूपमा जोड्ने र एक हजारभन्दा बढी रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

एक्स्पो आयोजक समितिका संयोजक रोशन भोयद्योले आवास, निर्माण तथा घरजग्गासँग सम्बन्धित क्षेत्रमा प्रविधि र नयाँ व्यावसायिक अवधारणाका लागि पर्याप्त सम्भावना रहेको बताए । नवौँ सिजी प्रपर्टी जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीका सल्लाहकार उत्तम झाले नयाँ व्यवसायको संख्या बढाउनुका साथै सुरु भएका व्यवसायलाई टिकाउ, व्यवस्थित र विस्तारयोग्य बनाउनु अहिलेको मुख्य चुनौती रहेको बताए । ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’सँगै सुरु भएको सहकार्यले विशेषगरी आवास, निर्माण र घरजग्गा क्षेत्रमा नयाँ व्यावसायिक अवधारणा विकास गर्ने उद्यमीलाई बजार, विशेषज्ञ सेवा तथा सम्भावित साझेदारसँग जोड्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit