Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

सुन–चाँदीको भाउ घट्यो, तोलाको कारोबार मूल्य कति ?

सुन–चाँदीको भाउ घट्यो, तोलाको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ निर्धारण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो। यस्तै, बुधबारको तुलनामा भने सुन ३ हजार ७ सय रुपैयाँले घटेको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि असोज ४ गते सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको थियो। त्यसपछि भने सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ। असोज १ गते सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा असोज २ गते ३ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको थियो। त्यसपछि असोज ४ गते सुनको मूल्य थप बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको थियो। पछिल्ला कारोबार दिनमा भने सुनको मूल्य क्रमशः घटबढ हुँदै आइरहेको छ।

चाँदीको मूल्य पनि ओरालो

चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। बिहीबार प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँ रहेको चाँदी शुक्रबार ४ हजार ६ सय २० रुपैयाँमा झरेको हो। यसअनुसार एक दिनमा चाँदीको मूल्य १ सय ९५ रुपैयाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार २ सय ६७.७१ डलर र चाँदी ६३.६९ डलरमा कारोबार भैरहेको छ। बलियो अमेरिकी डलर र अमेरिकी फेडरल रिजर्भले ब्याजदर उच्च राख्न सक्ने अपेक्षाले सुनमाथि दबाब परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit