काठमाडौं । तीन सय रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले सरकारको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उक्त पुरस्कार जितेका हुन् ।
श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए। सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मको खरिदमा आधारित रहेर सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनामा उनी १० लाख रुपैयाँको भाग्यशाली विजेता बनेका हुन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नयाँ विजेताको घोषणा गरेका हुन्। सोही अवसरमा यसअघि पुरस्कार जितेका सञ्चमाया तामाङ र गौरीशंकर पण्डितलाई समेत सम्मान गरिएको थियो ।
यसैगरी, १० लाख रुपैयाँको मुख्य पुरस्कारसँगै थप १५ जना उपभोक्ताले जनही एक लाख रुपैयाँ पुरस्कार जितेका छन् ।विभिन्न पसल तथा व्यवसायबाट सामान खरिद गरेका उपभोक्ताहरूले प्रयोग गरेका बिलका आधारमा उनीहरूलाई विजेता घोषणा गरिएको हो ।
1. सुरज वाइन सप — ३ हजार ४०० रुपैयाँ
2. सबियारा मोमो एन्ड रेस्टुरेन्ट — २४० रुपैयाँ
3. मेगा मार्ट प्रालि — १ हजार १५५ रुपैयाँ
4. बी ड्रीम कलेक्सन — ३ हजार ५५० रुपैयाँ
5. सोइल किराना पसल — १ हजार २४० रुपैयाँ
6. रोशिका कृषि तथा पशुपन्छी फार्म — २ हजार रुपैयाँ
7. कुमारवर्ती रेस्टुरेन्ट — ५०० रुपैयाँ
8. कृष्णा कटेज एन्ड होटल — १ हजार ५७५ रुपैयाँ
9. नारायणी हस्पिटालिटी एन्ड फुड प्रालि — १ हजार ११० रुपैयाँ
10. जितु कटेज एन्ड रेस्टुरेन्ट — २३० रुपैयाँ
11. शेर्पा होटल — १४० रुपैयाँ
12. न्यु महालक्ष्मी ज्वेलर्स — १ लाख रुपैयाँ
13. गजली गहना पसल — ५०० रुपैयाँ
14. जुगल तरकारी तथा फलफूल सप्लायर्स — १२५ रुपैयाँ
15. ट्री बक्स — ३०० रुपैयाँ















प्रतिक्रिया दिनुहोस्