Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

छठपछि खुलेको बजारमा बिक्री चाप, १८५ कम्पनीको शेयर मूल्य घट्यो

छठपछि खुलेको बजारमा बिक्री चाप, १८५ कम्पनीको शेयर मूल्य घट्यो
विज्ञापन
Advertisement

काठमाडौं। छठ पर्वपछि खुलेको शेयर बजार पहिलो कारोबार दिनमै दोहोरो अंकले घटेको छ। महिनाको पहिलो कारोबारका क्रममा बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.७९ अंकले ओरालो लाग्दै २ हजार ६३६ अंकमा झरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबारमा आएका २८० कम्पनीमध्ये ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको मूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कारोबार अवधिको अधिकांश समय बजारमा बिक्री चाप देखिँदा नेप्से सूचक नकारात्मक रह्यो । यद्यपि, बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ५ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज करिब ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

उपसमूहतर्फ अधिकांश सूचक नकारात्मक देखिएका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२१ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक ०.८४, जीवन बीमा ०.८४, निर्जीवन बीमा ०.६९, माइक्रोफाइनान्स ०.६०, फाइनान्स ०.५५, बैंकिङ ०.४७ र जलविद्युत् समूह ०.३१ प्रतिशतले घटेका छन् । त्यसैगरी लगानी समूह ०.२७, उत्पादन तथा प्रशोधन ०.११, अन्य समूह ०.५८ र व्यापार समूह ०.०२ प्रतिशतले घटेका छन् । आज अपर लोहोरेखोला हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य ११.८४ प्रतिशतले बढेको छ। यस्तै, सेन्ट्रल फाइनान्सको ६ प्रतिशत, अपोलो हाइड्रोपावरको ५.६५ प्रतिशत, माउन्ट एभरेस्ट पावरको ५.५० प्रतिशत र सानीगढ हाइड्रोको ३.८० प्रतिशतले मूल्य बढेको छ ।

यसको विपरीत एभरेस्ट कलरको शेयर मूल्य सबैभन्दा धेरै ५.३६ प्रतिशतले घटेको छ । सीवाईसी लघुवित्तको ४.८६, विजय लघुवित्तको ४.४९, बेनी हाइड्रोपावरको ४.१२ र स्वस्तिक लघुवित्तको ३.६६ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स पावर, श्वेतगंगा हाइड्रोपावर र हिमालयन डिस्टिलरी अगाडि रहेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit