Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

नेपाल–चीन सीमा नाका खुल्नासाथ चेरी क्यू ग्राहकलाई दिइने

नेपाल–चीन सीमा नाका खुल्नासाथ चेरी क्यू ग्राहकलाई दिइने
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा चेरी ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले आयात गरेको बहुप्रतीक्षित विद्युतीय एसयूभी चेरी क्यू नेपाल–चीन सीमा नाकासम्म आइपुगेको छ। कम्पनीका अनुसार गाडीहरू सीमा नाकामै रहेका छन् र नाका खुल्नासाथ नेपाल भित्र्याइनेछ।

विज्ञापन
Advertisement
Advertisement

चेरी क्यू नेपाली बजारमा आधुनिक डिजाइन, स्मार्ट प्रविधि, सुरक्षा र दैनिक प्रयोगको सहजतालाई संयोजन गर्ने सहरी क्रसओभरका रूपमा प्रस्तुत हुँदैछ। गाडी बुकिङ गरेका ग्राहकले अब लामो समय प्रतीक्षा गर्नुनपर्ने कम्पनीले जनाएको छ। सीमा नाका खुलेपछि छिट्टै ग्राहकलाई गाडी हस्तान्तरण गरिने बताइएको छ।

चेरी क्यूमा ४९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको यात्रा क्षमता, ५४० डिग्री क्यामेरा, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७० लिटरको अगाडिको सामान राख्ने स्थान र १५.६ इन्चको टचस्क्रिन सूचना तथा मनोरञ्जन प्रणाली रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, गाडीमा २० भन्दा बढी उन्नत चालक सहायता प्रणालीसम्बन्धी सुविधा रहेको दाबी गरिएको छ। चेरी क्यूले अन्तर्राष्ट्रिय डिजाइनतर्फ रेड डट डिजाइन अवार्ड २०२५ तथा आईएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको कम्पनीले जनाएको छ। सीमा नाका खुलेपछि गाडी नेपाल भित्र्याइने र त्यसपछि यसको उपलब्धता तथा बिक्रीसम्बन्धी थप जानकारी सार्वजनिक गरिने पायोनियर मोटो कर्पले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit