Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

बेलायतका गैरआवासीय नेपाली उत्तमले सरकारलाई दिए एक करोड सहयोग, डीएनए किट पनि प्राप्त

बेलायतका गैरआवासीय नेपाली उत्तमले सरकारलाई दिए एक करोड सहयोग, डीएनए किट पनि प्राप्त
विज्ञापन
Advertisement

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली उत्तम नेपालले नेपाल सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्। त्यस्तै, बेलायतमै रहेका गैरआवासीय नेपाली कुल आचार्यले सरकारलाई डीएनए परीक्षण किट हस्तान्तरण गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाललाई नेपालले एक करोड रुपैयाँको चेक र आचार्यले डीएनए परीक्षण किट हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मन्त्री खनालले सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै प्राप्त आर्थिक सहायता र डीएनए परीक्षण किटले सरकारको अनुसन्धान तथा डीएनए परीक्षणसम्बन्धी क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त आर्थिक सहयोग भोटेकोशी बाढीले पुर्याएको असरबाट प्रभावित नागरिकको पुर्नस्थापनार्थ दिइएको हो ।

 

सरकारको अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन आर्थिक सहयोग र आवश्यक परीक्षण सामग्रीको उपलब्धताले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । चेक हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit