Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका छन्। केन्द्रीय निर्वाचन समितिद्वारा सानेपामा आयोजित समारोहमा सभापति गगनकुमार थापाले उनीहरूलाई शपथ गराएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

असोज अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचित थापाले यसअघि नै बडादशैंको फूलपातीका दिन शपथ ग्रहण गरी पदबहाली गरिसकेका छन्। उनी सभापति पदको प्रतिस्पर्धामा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै निर्वाचित भएका थिए।

महाधिवेशनबाट उद्योगी व्यवसायीदेखि इन्जिनियर–डाक्टरसम्म २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।समारोहमा उपस्थित हुन नसकेका पदाधिकारी तथा सदस्यहरूलाई पछि आन्तरिक रूपमा शपथ गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit