Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

इनम सापकोटासँग मेरो कुनै सम्बन्ध छैन: प्रधानन्यायाधीश शर्मा

इनम सापकोटासँग मेरो कुनै सम्बन्ध छैन: प्रधानन्यायाधीश शर्मा
विज्ञापन
Advertisement

काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्यता प्रकट गरेका हुन् । ‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन। मैले कहिल्यै भेटेको पनि छैन।’

शर्माले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाको अवधिमा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्थामा रहेको बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit