Advertisement
Advertisement
Corporate Samachar
२७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

सुपरमाई हाइड्रोपावरको १८.४२ प्रतिशत लाभांश घोषणा, १४ प्रतिशत बोनस शेयर

सुपरमाई हाइड्रोपावरको १८.४२ प्रतिशत लाभांश घोषणा, १४ प्रतिशत बोनस शेयर
विज्ञापन
Advertisement

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो।
प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावअनुसार लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति लिनुपर्नेछ। आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी १२औँ वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्रस्तावित बोनस शेयर तथा नगद लाभांश प्राप्त गर्नेछन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit