Advertisement
Advertisement
Corporate Samachar
२७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँ घट्यो सुन

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँ घट्यो सुन
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा तिहारपछिको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक २३ गते सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

यसरी अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो। तिहारअघि निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य तिहारपछिको पहिलो कारोबारमै उल्लेख्य रूपमा ओरालो लागेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार शुक्रबार चाँदी प्रतितोला तीन हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य प्रतितोला तीन हजार ८५५ रुपैयाँ कायम थियो। यसअनुसार चाँदीको मूल्य पनि एकैदिन प्रतितोला १५५ रुपैयाँले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit