काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.७० प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको उल्लेख छ ।
बैंकको २०८३ असार मसान्तसम्म कायम चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसाका आधारमा उक्त लाभांश प्रस्ताव गरिएको हो ।प्रस्तावअनुसार बैंकले १६ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा बराबरको बोनस शेयर तथा १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गर्नेछ। यसअनुसार बैंकले कुल ३३ करोड ७४ लाख ४३ हजार ८२३ रुपैयाँ ७३ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २५औँ वार्षिक साधारणसभाबाट पारित गरेपछि शेयरधनीले पाउनेछन्।














प्रतिक्रिया दिनुहोस्