Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपले जिते प्रोटोन कार, २८ जनाले पाए बाइक र स्कुटर

म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपले जिते प्रोटोन कार, २८ जनाले पाए बाइक र स्कुटर
विज्ञापन
Advertisement

काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ उपहार योजनाअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार, अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरिसकेका छन् । यससँगै लामाले बम्पर पुरस्कारमा कार जितेका हुन् । कार विजेता लामाले एउटा क्यान खरिद गर्दा यति ठूलो पुरस्कार प्राप्त होला भन्ने कल्पनासमेत नगरेको बताएका छन् । कार जितेको खबर सुरुमा विश्वास गर्न गाह्रो भएको उल्लेख गर्दै उनले यो आफ्नो परिवारका लागि पनि खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन्। ‘एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिइन,’लामाले भने, ‘कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन । यो मेरो मात्र होइन, मेरो परिवारका लागि पनि निकै खुसीको क्षण हो ।’ उनले म्याक्स टाइगरलाई धन्यवादसमेत दिएका छन् ।

कसले जिते मोटरसाइकल र स्कुटर ?

म्याक्स टाइगरले सार्वजनिक गरेको विजेताको सूचीअनुसार विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतोले मोटरसाइकल जितेका छन् ।

त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।स्कुटरतर्फ धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार विजेता बनेका छन् । यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले स्कुटर जितेको कम्पनीले जनाएको छ ।

अझै ८ जनालाई पुरस्कार जित्ने अवसर

कम्पनीका अनुसार ‘दशैं धमाका २०२६’ अभियानमा कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखिएको थियो । हालसम्म १६ वटा मोटरसाइकल र १२ वटा स्कुटर वितरण भइसकेका छन् । यस हिसाबले अझै दुई वटा मोटरसाइकल र ६ वटा स्कुटर गरी आठ वटा दुईपाङ्ग्रे सवारीसाधन पुरस्कारका रूपमा दिन बाँकी छन्। कम्पनीले अभियानमार्फत उपभोक्तालाई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिएको जनाएको छ । बाँकी रहेका मोटरसाइकल र स्कुटर जित्ने अवसरलाई ध्यानमा राख्दै कम्पनीले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह समेत गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit