Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

जिग्री सेकुवाको १०औँ आउटलेट मङ्सिर २ गतेदेखि सञ्चालनमा आउँदै

जिग्री सेकुवाको १०औँ आउटलेट मङ्सिर २ गतेदेखि सञ्चालनमा आउँदै
विज्ञापन
Advertisement

काठमाडौं। लोकप्रिय रेस्टुरेन्ट चेन ‘जिग्री सेकुवा’ले काठमाडौंको धुम्बाराहीमा आफ्नो १०औँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

‘लभी हस्पिटालिटी ग्रुप’को व्यवस्थापनमा सञ्चालन हुन लागेको हालसम्मकै ठूलो उक्त आउटलेटको आगामी मङ्सिर २ गते विशेष समारोहका बीच ग्रान्ड ओपनिङ गरिने भएको छ। उद्घाटनको अवसरमा ग्राहकलाई लक्षित गर्दै निःशुल्क सेकुवा र फ्रि बियरसहितका आकर्षक अफरसमेत सार्वजनिक गरिएको छ।

सामान्य अवधारणाबाट सुरु भएको जिग्री सेकुवाको विस्तार यात्रा अहिले रेस्टुरेन्ट व्यवसायमा स्थापित ब्रान्डका रूपमा अघि बढेको छ। कोरोना महामारी र आर्थिक मन्दीको कठिन समयमा कम मूल्यमा पेटभरि खान पाइने स्थानको परिकल्पनाबाट यसको सुरुवात भएको कम्पनीले जनाएको छ। लभी गार्डेनका सञ्चालकसमेत रहेका सुदर्शन पौडेलले साथीभाइबीचको आत्मीयता र सुलभ खानाको अवधारणालाई जोड्दै ‘जिग्री सेकुवा’को परिकल्पना गरेका थिए। त्यसलाई मूर्तरूप दिन उनले गाउँघरका छाप्रोदेखि विभिन्न स्थानसम्म पुगेर मौलिक सेकुवाको स्वाद, मसला र पकाउने शैलीबारे अनुसन्धान गरेका थिए।

त्यही अनुसन्धान र फरक व्यावसायिक अवधारणाबाट जन्मिएको जिग्री सेकुवाले छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भयो। उत्कृष्ट व्यवस्थापन, फरक मार्केटिङ शैली, आत्मीय आतिथ्यता र खानाको स्वादमा निरन्तरताले ब्रान्डलाई लोकप्रिय बनाउँदै लग्यो। यही सफलताको परिणामस्वरूप काठमाडौं उपत्यकामा यसका १० वटा आउटलेट विस्तार भएका छन्। धुम्बाराहीमा खुल्न लागेको नयाँ आउटलेट यस शृङ्खलाकै १०औँ तथा सबैभन्दा ठूलो आउटलेट हो।

जिग्री सेकुवाको स्थापित पहिचानलाई थप परिष्कृत र प्रिमियम स्वरूपमा प्रस्तुत गर्ने उद्देश्यसहित युवा फ्रेन्चाइजी सुजन बानियाँले धुम्बाराही आउटलेटमा लगानी गरेका छन्। नेपालको शेयर बजारमा परिचित युवा लगानीकर्ता बानियाँले लभी हस्पिटालिटी ग्रुपसँगको सहकार्यमा हस्पिटालिटी क्षेत्रमा आफ्नो लगानी विस्तार गरेका हुन्। सेयर बजारमा हासिल गरेको अनुभव र व्यावसायिक उत्साहलाई नयाँ क्षेत्रमा जोड्दै उनले ग्रुपको मापदण्ड र भिजनअनुसार यस आउटलेटलाई जिग्रीकै हालसम्मको भव्य स्वरूप दिएका छन्।

लभी हस्पिटालिटी ग्रुपको प्रत्यक्ष निगरानी र व्यवस्थापनमा तयार पारिएको धुम्बाराही आउटलेटमा जिग्री सेकुवा अब परम्परागत सेकुवा हाउसको अवधारणाभन्दा माथि उठेर पूर्ण सुविधासम्पन्न रेस्टुरेन्टका रूपमा प्रस्तुत हुँदैछ। यहाँ ग्राहकले जिग्रीका लोकप्रिय लोकल सितन तथा सेकुवाका साथै इन्डियन र इटालियन खानाका विभिन्न परिकारसमेत एउटै छानामुनि स्वाद लिन पाउनेछन्। कम्पनीका अनुसार, फराकिलो मेनुका कारण फरक स्वाद र खानाका पारखीका लागि यो आउटलेट नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

यस आउटलेटको अर्को प्रमुख आकर्षण भनेको प्रिमियम वातावरण र जिग्रीको मौलिक ‘एमआरपी कन्सेप्ट’को संयोजन हो। रेस्टुरेन्टको इन्टेरियर, डिजाइन र वातावरणलाई आधुनिक तथा आकर्षक बनाइएको भए पनि ग्राहकले तिर्नुपर्ने मूल्य भने सुलभ र एमआरपी अवधारणामै आधारित रहने बताइएको छ। अर्थात्, उच्चस्तरको वातावरण र सुविधासहितको रेस्टुरेन्टमा पनि ग्राहकले किफायती मूल्यमा खाना तथा पेय पदार्थको आनन्द लिन सक्नेछन्।

ग्रान्ड ओपनिङलाई विशेष बनाउन लभी हस्पिटालिटी ग्रुप र फ्रेन्चाइजी सञ्चालक सुजन बानियाँले सम्पूर्ण तयारी पूरा गरेका छन्। उद्घाटनको अवसरमा घोषणा गरिएको निःशुल्क सेकुवा र फ्रि बियरको अफरले पनि ग्राहकको आकर्षण बढाउने अपेक्षा गरिएको छ। प्रिमियम इन्टेरियर, फराकिलो मेनु, आत्मीय आतिथ्यता र सुलभ मूल्यलाई एकै ठाउँमा समेट्दै धुम्बाराहीमा खुल्न लागेको जिग्री सेकुवाले काठमाडौंको रेस्टुरेन्ट बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने देखिएको छ। मौलिक स्वाद र नयाँ अनुभवको खोजीमा रहेका फुड पारखीका लागि यो नयाँ आउटलेट आकर्षक गन्तव्य बन्ने अपेक्षा सञ्चालकको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit