Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

भारत, चीन र इजरायलमा नयाँ राजदूत, राष्ट्रपतिसमक्ष लिए शपथ

भारत, चीन र इजरायलमा नयाँ राजदूत, राष्ट्रपतिसमक्ष लिए शपथ
विज्ञापन
Advertisement

काठमाडौं। भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा तीनै जना राजदूतले शपथ ग्रहण गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकारको सिफारिसमा उनीहरूलाई आजै नियुक्त गरेका हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नवनियुक्त तीनै राजदूतले अब नेपालका तर्फबाट क्रमशः भारत, चीन र इजरायलसँगको कूटनीतिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्नेछन्।भारत र चीन नेपालको प्रमुख छिमेकी तथा महत्वपूर्ण आर्थिक र कूटनीतिक साझेदार हुन्। त्यस्तै, इजरायलसँगको सम्बन्ध पनि नेपालको वैदेशिक सम्बन्धका दृष्टिले महत्वपूर्ण रहँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit