काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनबाट गत साता बानियाँलाई पक्राउ गर्ने अनुमति लिएको हो। प्रहरी स्रोतले बानियाँविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति लिइएको पुष्टि गरेको छ।
यसअघि सीआईबीले बानियाँका छोरा दीक्षान्त बानियाँलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेको थियो। उनलाई २०८३ कात्तिक १६ गते रुपन्देहीको भैरहवाबाट नियन्त्रणमा लिइएको थियो। उक्त प्रकरणमा विभिन्न कम्पनीका नाममा लिइएको कर्जा निर्धारित प्रयोजनभन्दा अन्यत्र लगानी गरिएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
२०८३ वैशाखमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बानियाँका काठमाडौं र हेटौँडास्थित घर तथा कार्यालयमा छापा मारेर कागजात संकलन गरेको थियो। बानियाँ २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका थिए।















प्रतिक्रिया दिनुहोस्