Advertisement
Advertisement
Corporate Samachar
२७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

आइतबारदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई आग्रह

आइतबारदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई आग्रह
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी धानबाली तथा भित्र्याउन बाँकी अन्न सुरक्षित राख्न किसानलाई आग्रह गरिएको छ। मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भए पनि आइतबारदेखि भने पश्चिमी वायुका कारण मौसममा परिवर्तन आउनेछ।

विशेषगरी सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा र हिमपात हुने तथा यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिने अनुमान छ। बागमती र कोशीका पहाडी क्षेत्रमा पनि छिटपुट वर्षा हुन सक्छ। ‘आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना छ। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्छ,’ पोखरेलले भनिन्, ‘धान काट्न बाँकी रहेका किसानले मौसम हेरेर बाली भित्र्याउन र काटिसकेको धान – पराल सुरक्षित राख्नुपर्छ।’

उनका अनुसार मौसमी प्रणाली ठूलो प्रभाव पार्ने खालको नरहेकाले भारी वर्षाको सम्भावना छैन। पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुन सक्छ। पश्चिमी न्यूनचापीय प्रणाली छिटो सर्ने प्रकृतिको हुने भएकाले यसको प्रभाव केही समय मात्रै रहने गर्छ। यस्तो वर्षाले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले लाभदायकसमेत हुन सक्ने मौसमविद्को भनाइ छ।

यसैबीच, मनसुनमा एल निनोका कारण कम वर्षा हुने अनुमान गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको पोखरेलले बताइन्। मनसुन र हिउँदमा एल निनोको प्रभाव फरक हुने भएकाले हिउँद पनि सुक्खा नै हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit