Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त, यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त, यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्याबलाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौं निवासी उक्याबलाई बोर्डको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । याङ्की विकास अर्थशास्त्री तथा सार्वजनिक नीति विशेषज्ञ हुन् । सिफारिस समितिले उक्याबसँगै मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो। अन्तर्राष्ट्रिय अनुभव, शैक्षिक पृष्ठभूमि र लगानी तथा विकास वित्त क्षेत्रमा रहेको अनुभवका आधारमा सरकारले उक्याबलाई छनोट गरेको हो । अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी उक्याबसँग विकास वित्त, रणनीतिक साझेदारी र आर्थिक नीतिमा १५ वर्षभन्दा बढी कार्यानुभव रहेको छ। उनले संयुक्त राष्ट्रसंघ, युएनडीपी, लगानी बोर्ड नेपाललगायत संस्थामा काम गरिसकेकी छन् ।

सन् २०१२ देखि २०१६ सम्म लगानी बोर्डकै आर्थिक विश्लेषण इकाइ प्रमुख रहेकी उक्याबले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाको लगानी संरचना र वार्तामा भूमिका खेलेकी थिइन् । अब उनले नेपालमा स्वदेशी तथा विदेशी लगानी आकर्षण र ठूला परियोजना व्यवस्थापनको नेतृत्व गर्नेछिन् ।

यस्तै, सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरु समेत गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने निर्णय भएको छ। साथै नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिइएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

त्यसैगरी, बैठकले सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा घाइतेलाई राहत र उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ।

साउन २० गतेको मन्त्रीपरिषद् बैठकका मुख्य निर्णयहरू : 

१. तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
२.लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङकी उक्याव, काठमाडौंलाई नियुक्ति गर्ने।
३.नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।
४. पशु वधशाला र मासु जाँच ऐन, २०५५ चरणवद्ध रूपमा नेपाल राज्यभर लागु गर्ने।
५.बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।
६. विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्ग बहादुर के. सी., पर्वत र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठ, भोजपुरलाई नियुक्ति गर्ने।
७.सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यू हुने र घाइतेहहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit