Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनुपालन तालिम सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनुपालन तालिम सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनको नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरुलाई AML/CFT सम्बन्धी तालिम प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु, तथा बागमती प्रदेश अन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धकहरु समेतको सहभागितामा कम्पनीले AML/CFT तालिम दिएको जनाएको छ । कार्यक्रममा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुलाई अनुपालन तथा AML/CFT को बारेमा विस्तृत जानकारी दिए ।

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन ऐन नियम र कानूनको अक्षरस पालना गर्नुपर्नेमा सचेत गराए ।

उनले उच्च व्यवस्थापनबाट जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकवर्गलाई सेवा प्रदान गर्न सबै विभागीय प्रमुख मार्फत प्रत्येक कर्मचारीहरुलाइ निर्देशन दिएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

 

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit