Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : पर्यटनमन्त्री पाण्डे

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : पर्यटनमन्त्री पाण्डे
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटक नेपाल भित्रिने र त्यसले नेपाल–चीन पर्यटन सहकार्यलाई घनिष्ट बनाउने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवमा मन्त्री पाण्डेले आगामी दिनमा चिनियाँ पर्यटक अझ बढ्ने विस्वास व्यक्त गरे ।

चिनियाँ टोलीलाई स्वागत गर्दै मन्त्री पाण्डेले सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले यस वर्ष ७० औँ वर्ष पूरा गर्न लागेकोमा प्रति खुसी व्यक्त गर्दै भने, ‘यहाँहरुको नेपाल भ्रमणबाट दुई देशको आपसी हितका साथै दुई देशका मन्त्रालयबीचको सहयोगको आदानप्रदान हुने विश्वास मैले लिएको छु ।’
मन्त्री पाण्डेले नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको र आगामी दिनहरूमा चीनबाट अझ धेरै पर्यटकको आगमनले नेपाल चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुनेमा पनि आफू आशावादी भएको बताए ।

त्यस्तै पर्यटनमन्त्री पाण्डेले नेपाल एयरलाइन्सले गोन्जाव र नेपाल सिधा उडानका लागि प्रयास गरिरहेको र हिमालय एयरलाइन्सले पोखरादेखि ल्हासासम्मको उडान गर्ने तयारी गरीरहेको जानकारी दिए ।
यस्तै, भेटमा चिनियाँ मन्त्री पेन यूले यस अघिका दुई देशका राष्ट्राध्यक्षबीच भएको सम्झौतालाई कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिए । ‘ चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ पार्टीले ल्याएका विचारधारा र परम्परागत विचारधारालाई एक अर्कामा आदानप्रदान र शान्तिपूर्ण विकासतर्फ लागिरहेको छ’ उनले भने ।

बुद्ध धर्मलाई आदर्श मानेर अघि बढ्न सुझाव दिएका मन्त्री पेन यूले आफ्नो मन्त्रालय मातहतमा ३० वटा विश्वविद्यालय रहेको उल्लेख गर्दै एउटा विश्व विद्यालयलाई नेपालको र्सास्कृति महोत्सवका बारेमा बुझ्न पठाउने प्रतिबद्धा व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit