Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

स्कोडा नेपालले ल्यायो ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङको अफर

स्कोडा नेपालले ल्यायो ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङको अफर
विज्ञापन
Advertisement

काठमाडौँ ।  स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवलाई अझै बढी पहुँचयोग्य बनाउने हेतु नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ ।
स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन सवारी साधनको हकमा पहिलो पटक वार्षिक ६.९९ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधनलाई ८० प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुनः परिभाषित गर्दै ग्राहकलाई विद्युतीय सवारी साधनको जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । यो फाइनान्सिङ योजना प्रायः ग्राहकहरूलाई प्रिमियम सवारी साधनको स्वामित्व लिनबाट रोक्ने उच्च अग्रिम लागतहरूलाई सम्बोधन गर्न सुरु गरिएको हो ।

अतुलनीय विलासिता, सुरक्षा र विश्वसनीयताको लागि परिचित स्कोडाले सवारी साधनको प्रयोगलाई बढाएर वित्तीय अवरोधहरू कम गरी ग्राहक वर्गलाई आर्कषित गर्न सो योजना ल्याएको हो । यो अफरले राजमार्गको आरामदायी यात्रा गर्न चाहने वा ड्राइभिङको प्रिमियम अनुभव लिन खोज्ने ग्राहकको सपनालाई पूरा गर्न सघाउने अपेक्षा कम्पनीको छ ।

अफरको बारेमा थप जान्न चाहनेले नेपालभरका स्कोडा शोरूममा भ्रमण गर्न र बुझ्न सक्नेछन् ।

नेपालमा ईभी सवारी साधनको बढ्दो मागसँगै यस फाइनान्सिङ योजनाले सबैका लागि समान अवसरप्रदान गर्नुका साथै स्कोडा आईसीई सवारी साधनको अतुलनीय सुविधा र ईभीसँग सम्बन्धित किफायतीपन दुवैको आनन्द लिन सक्ने विस्वास कम्पनीको रहेको छ । कम्पनीले यो अफरलाई विकसित बजारमा मूल्य र नवीनता प्रदान गर्ने स्कोडाको प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरेको छ ।

स्कोडा नेपालका एक्जूटिव डायरेक्टरर सीईओ रौनक अग्रवालले भने, “हाम्रा ग्राहक विलासिता, सुरक्षा र विश्वसनीयताको सन्दर्भमा उत्कृष्ट सवारी साधनको हकदार हुनुहुन्छ र हामी उहाँहरूलाई त्यसका लागि सजिलो बनाइरहेका छौं, यो योजनाले सवारी साधनहरू मात्र नभई समाधानहरू पनि अफर गर्ने हाम्रो समर्पणलाई प्रतिबिम्बित गर्दछ ।”

स्कोडा विश्वव्यापी रूपमा मान्यता प्राप्त एक अटोमोटिभ ब्रान्ड हो । प्रिमियम गुणस्तर, उत्कृष्ट प्रदर्शन र उन्नत सुरक्षा सुविधाका लागि परिचित स्कोडाले निरन्तर रूपमा अटोमोटिभ सवारीको क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गरिराखेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit