Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

‘नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छ’

‘नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । उनले फिल्म सेरिङ सिस्टर रिभर कर्णाली तथा सन् २०१६ मा सुरु गरिएको ‘ह्यासट्याग फोटो नेपाल’ पुनः सुरु भई नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरु’ प्रदर्शन कार्यक्रममा बोल्दै नदी संरक्षणलाई गम्भीरताका साथ लिनुपर्ने बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री पाण्डेले भने, ‘‘कर्णाली नदीको संरक्षण गर्ने, नदीहरुको दोहन नगर्ने गरी गरिएको छलफललाई गम्भीरताका साथ लिनुपर्छ ।’

नदीको किनारमा क्रसर उद्योग खोल्ने, हाइड्रोपावर निर्माणका कार्यले नदीको प्राकृतिक स्वरुपमा आँच आइरहेको छ । मानवका रक्त नली जस्तै नदीहरुको सम्बन्ध पनि भूगर्वसम्म रहने गर्छ । उनले विकास निर्माणका कार्य गर्दा नदीको प्राकृतिक सौन्दर्य नबिग्रने गरी पूर्वाधार तथा भौतिक संरचना बनाउनुपर्नेमा जोड दिएका छन्।

विकसित राष्ट्रहरुबाट असन्तुलित रुपमा भएको प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताउँदै उनले अन्नपूर्ण बेसक्याम्प लगायतका हिमालहरुमा समेत हिउँ नभएकोप्रति चिन्ता व्यक्त गरे ।

मन्त्री पाण्डेले हिमालको हिउँ पग्लेर हिमाल, पहाड र समुद्री तट हुँदै समग्र विश्वमा असर परिरहेको बताए । यस्तै, उनले नेपाल जस्ता अल्पविकसित देशहरुले विविध संस्कृति र प्रकृतिको संरक्षणका निम्ति दबाबको आवश्यकता औंल्याए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit