Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

ज्ञानेन्द्र शाहीलाई तथ्यपरक विचार मात्रै सम्प्रेषण गर्न राष्ट्रिय सभाको निर्देशन

ज्ञानेन्द्र शाहीलाई तथ्यपरक विचार मात्रै सम्प्रेषण गर्न राष्ट्रिय सभाको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर विचार सम्प्रेषण गर्न निर्देशन दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीलाई तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले शुन्य समय र विशेष समयमा प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाएको प्रति आपत्ति जनाएका थिए ।

‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपोकल्पित झुट र यथार्थ भन्दा बाहिर गइ एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका मान्य सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्तै गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार संप्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन मान्य सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ,’ अध्यक्ष दाहालले भने ।

सांसद शाहीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै खेद प्रकट गरेको छ । शाहीले फेब्रुअरी १० मा सामाजिक सञ्जाल फेसबुकमा ‘राष्ट्रियसभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ?’ भन्दै सदस्यहरुको उमेरप्रति टिप्पणी सहितको अभिव्यक्ति दिएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit