Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

तीनै तहका सरकार मिलेर उद्योग स्थापना र विस्तारमा सहकार्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

तीनै तहका सरकार मिलेर उद्योग स्थापना र विस्तारमा सहकार्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ गर्नुपर्ने बताएका छन् । उनले नेपाललाई नेपाली आफैँले बनाउनुपर्नेमा जोड दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

दाङ पुगेर लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताएका हुन्। “चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ। हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ।’’

प्रधानमन्त्री ओलीले उत्पादनमा जोड सबैले दिनुपर्ने बताए । उनले राज्यमा उत्पादनमुखी उद्योग स्थापना र विस्तार गर्दै तीनै तहका सरकारले त्यसमा सहकार्य गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यसकारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ। उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ। त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ। तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit