Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बीवाईडी एट्टो ३ को ऐतिहासिक १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी नेपालमा सम्पन्न

बीवाईडी एट्टो ३ को ऐतिहासिक १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी नेपालमा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारी साधनको बजारलाई नयाँ उचाइमा पुर्‍याउँदै, बीवाईडी अटो इन्डस्ट्रीका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा .लि ले ऐतिहासिक बीवाईडी हाई–टेक विक सफलतापूर्वक सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

चीनबाहिर पहिलो पटक आयोजना गरिएको यस ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल प्रविधिमा भएको अत्याधुनिक प्रगति प्रस्तुत गरियो, जसले नेपालमा विद्युतीय सवारीसाधनहरूको बढ्दो क्रेजलाई प्रतिबिम्बित गरेकाे कम्पनीकाे दाबी छ ।

नेपालमा १० लाख १० हजारौं बीवाईडी एट्टो ३ को डेलिभरी

बीवाईडी हाई–टेक विकको विशेष क्षणका रूपमा नेपालका एक ग्राहकलाई १० लाख १० हजारौं ग्लोबल माइलस्टोन रहेको बीवाईडी एट्टो ३ डेलिभरी गरिएको छ। यो उपलब्धिले नेपाललाई विद्युतीय सवारीसाधन क्षेत्रमा महत्वपूर्ण बजारको रूपमा स्थापित गर्दै देशमा बढ्दो बीवाईडीको उपस्थितिलाई थप सशक्त बनाएको छ।

ग्राहकहरूका लागि एक्सक्लुसिभ वारेन्टी अफर

साइमेक्स इंकले बीवाईडी हाई–टेक विकको अवसरमा विशेष अफर ल्याएको छ। इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीहरूमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी प्रदान गरिनेछ। यो अफर आगामी मार्च ९ सम्म मान्य हुनेछ, जसले ग्राहकहरूलाई थप सुरक्षा र भरोसा दिनेछ।

-हाई–टेक विकमा अवलोकनकर्ताहरूले बीवाईडीका नवीन प्रविधिहरू प्रत्यक्ष अनुभव गर्न पाए। इभेन्टमा प्रस्तुत गरिएका प्रमुख फिचरहरू

-ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट – अतुलनीय सुरक्षा र दिगोपना प्रमाणित गर्ने प्रविधि।

-ई–प्लेटफर्म ३.० – दक्षता र कार्यक्षमता अभिवृद्धि गर्ने अग्रीम प्रविधि।

-कम्पास टर्न, ट्यांक टर्न, र अटोमेटिक पार्किङ – आधुनिक इन्टेलिजेन्ट भेइकल कन्ट्रोल प्रणाली।

साइमेक्स इंक प्रा. लि। की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले कार्यक्रम समापनका अवसरमा भने ,‘चीनबाहिर पहिलो पटक आयोजना गरिएको बीवाईडी हाई–टेक विक अभूतपूर्व रूपमा सफल रह्यो। नेपालका उपभोक्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ, जसले देशमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षणलाई पुष्टि गर्दछ। १० लाख १० हजारौं बीवाईडी एट्टो ३ को डेलिभरी तथा विशेष वारेन्टी अफरमार्फत हामी इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज र दिगो बनाउने लक्ष्यमा अघि बढिरहेका छौं।’

साइमेक्स इंक प्रा.लि.ले नवीन प्रविधि, उत्कृष्ट ग्राहक सेवा, र हरित भविष्य सुनिश्चित गर्ने प्रतिबद्धतासहित नेपालमा विश्वस्तरीय इलेक्ट्रिक सवारीसाधन भित्र्याउने यात्रालाई निरन्तरता दिइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit