Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमएडब्लू वृद्धिको नयाँ शोरुम चितवनमा, माउन्टेन ईभी भ्यान सार्वजनिक

एमएडब्लू वृद्धिको नयाँ शोरुम चितवनमा, माउन्टेन ईभी भ्यान सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं ।  एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा फोटोनको नयाँ शोरूम विस्तार गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आज एक कार्यक्रमकाबीच उक्त शोरुम उद्घाटन गरेको हो । चितवन र आसपास क्षेत्रका ग्राहकहरूको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर विशेष परामर्श, आफ्टर सेल्स सर्भिस र मर्मतसम्भारका सेवाहरू प्रदान गर्दै फोटोनका नविनतम सवारी साधनहरू समेत प्रदर्शनमा राख्ने कम्पनीको भनाई छ।

कम्पनीका अनुसार शोरुम विस्तारसँगै नेपालको व्यावसायिक सवारी साधन बजारमा एमएडब्ल्यू वृद्धिले देशभर व्यवसाय विस्तार गर्न गुणस्तरीय सवारी साधन र उत्कृष्ट सेवा प्रदान गर्न आफूहरु अग्रसर रहेको पुष्टि भएको उल्लेख गरेको छ । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियलले गेम चेन्जरको रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान बिक्री वितरणलाई औपचारिक रूपमा सुरु गरेको छ।

आरामदायी हेडस्पेस सहितको सुविधा रहेको माउन्टेन ईभी भ्यानलाई अग्लो छत सहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको छ। ५०.२३ किलोवाट प्रति घण्टाको ब्याट्रीले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

कम्पीका महाप्रबन्धक विवेक सिकरियाले कम्पनी दिगो गतिशीलताप्रति सधैं प्रतिबद्ध रहने बताए। एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले नेपालमा हरित यातायातको व्यापकतालाई कम्पनीले बलियो बनाउँदै लगेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्राण्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने छ।’

माउन्टेन ईभीको उद्घाटन र चितवनमा नयाँ शोरूमको विस्तारले नेपालमा दिगो हरित गतिशीलताको विस्तारतर्फ एक महत्त्वपूर्ण कदम भएको कम्पनीको विस्वास छ ।
एमएडब्लू वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक सवारी साधन आपूर्तिकर्ता कम्पनी हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit