Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ बैंकद्वारा १ हजार ६सय बढी विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान

सिद्धार्थ बैंकद्वारा १ हजार ६सय बढी विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान
विज्ञापन
Advertisement

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका विभिन्न २४ स्थानहरुमा विद्यार्र्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्त्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विभिन्न विषयहरूमा जानकारी गराएको बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रमहरुमा १ हजार २१२ जना विद्यार्र्थीहरुले सहभागीता जनाएको बैंकले उल्लेख गरेको छ । यस्तै, विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ्ग गतिविधि सञ्चालन सम्बन्धि व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्र्थीहरुलाई बैंकको विभिन्न शाखामा भ्रमण गराएको उल्लेख छ ।

बैंकले सातै प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरेको कुल ३८ वटा कार्यक्रम मार्फत १ हजार ६६० जना विद्यार्र्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरेको छ ।

बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग तथा क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit