Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

पियोर इनर्जी लिमिटेडको आईपीओ निष्कासन खुला

पियोर इनर्जी लिमिटेडको आईपीओ निष्कासन खुला
विज्ञापन
Advertisement

काठमाडौं। पियोर इनर्जी लिमिटेडले आज फागुन २० गतेदेखि पहिलो चरणको प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा कुल १६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो, जसको कुल मूल्य १६ करोड रुपैयाँ बराबर हुन्छ। कम्पनीले आफ्नो कुल चुक्ता पूँजी ८० करोड रुपैयाँमध्ये २ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याएको छ। त्यस्तै, १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले फागुन २० गतेदेखि चैत ५ गतेसम्म (ढिलोमा चैत २० गतेसम्म) न्यूनतम १० कित्ता र अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले भने फागुन २० गतेदेखि चैत ५ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

पहिलो चरणको आईपीओ बाँडफाँट पछि बाँकी रहेका शेयर सर्वसाधारणका लागि दोस्रो चरणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit