Advertisement
Advertisement
Corporate Samachar
२९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

कालीगण्डकी करिडोर सडक पुन : अवरुद्ध

कालीगण्डकी करिडोर सडक पुन : अवरुद्ध
विज्ञापन
Advertisement

 काठमाडाैं । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुन ःअवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका(२ राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बेलुकादेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सडक सञ्चालन भएको तीन दिनपछि पुनस् माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसिरहेकाले आज बेलुकीदेखि आवागमन अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।

अहिले सडक माथिबाट परिहो झरिरहेका कारण थप जोखिम हुनसक्ने भन्दै भोलि बिहान पहिरोको अवस्था हेरेर मात्र सडक सञ्चालनका लागि डोजर परिचालन गरिने उनले बताए ।

सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेकाले आज राति पहिरो हटाउन सम्भव नभएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि अहिले उक्त करिडोर हुँदै पाल्पा, बुटवल, बागलुङ तथा पर्वतसम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । उक्त सडक जिल्लाको व्यस्त सडकअन्तर्गत पर्दछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit