Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उर्जामन्त्रीको प्रस्टोक्ती : समयमै कार्यसम्पादन नबुझाएकाले शून्य अङ्क दिइयो

उर्जामन्त्रीको प्रस्टोक्ती : समयमै कार्यसम्पादन नबुझाएकाले शून्य अङ्क दिइयो
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको धारणा राखेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

तनहुँको डुम्रेमा आजदेखि सुरु हुने ‘डुम्रे सांस्कृतिक महोत्सव’को उद्घाटनका लागि पुगेका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा उनले कुलमानलाई हटाउन सरकारले कुनै चलखेल नगरेको जिकीर गरे ।

उनले भने, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।” मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पु¥याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने धारणा राखे ।

नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क किन दिइयो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले भने, “विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit