Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

चीनको डिङ्गेमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौं आसपासमा समेत धक्का महसुस

चीनको डिङ्गेमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौं आसपासमा समेत धक्का महसुस
विज्ञापन
Advertisement

काठमाडौं ।  काठमाडौं उपत्यकामा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

दिउँसो दुई बजेर ३५ मिनेट जाँदा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

५.९ म्याग्निच्युडको भूकम्प चीनको डिङ्गे काउन्टी वरिपरि गएकोले त्यसकै धक्का काठमाडौं उपत्यका लगायतका स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

यसअघि आज बिहान बागलुङ र म्याग्दी केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी स्थित स्थानीय खुखानी भन्ने स्थान रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit